श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला  फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबलाइ

श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला  फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबलाइ

कपन अनलाइन

काठमाडौँ, जेठ ३ ।श्री टुसाल युवा क्लब  द्वारा आयोजित  श्री  बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला  फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ । जेठ ३१ गते बाट काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध  टाउन प्लानिङको फुटबल  मैदानमा  सचालन  भएको उक्त प्रतियोगितामा २८ वटा टिमको  सहभागीता रहेको थियो । शनिबार भएको फाइनल खेलमा जोरपाटी फुटबल क्लबले किर्तिपुरको आर्टरिज क्लबलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधी  जितेको हो ।

 निकैनै रोमान्चक बनेको उक्त फाइनल खेलमा जोरपाटी फुटबल क्लबका जर्सी नं १४ का खेलाडी युवराज ढकालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका  थिए खेललाइ बराबरीमा ल्याउन किर्तिपुरको आर्टरिज क्लबका  खेलाडीहरुले धेरै  प्रयास गरे पनि उक्त प्रयास  गोलमा परिणत हुन सकेन। अन्तत जोरपाटी फुटबल क्लबले  किर्तिपुरको आर्टरिज क्लबलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हो। जित संगै  जोरपाटी फुटबल क्लबले नगद रु ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी मेडल  र प्रमाणपत्र प्राप्त  गरेको छ भने उप बिजेता किर्तिपुरको आर्टरिज क्लबले नगद रु रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल  र प्रमाणपत्र प्राप्त  गरेको छ ।

प्रतियोगितामा  उत्कृष्ट गोल रक्षक  जोरपाटी फुटबल क्लबका  अनिश माझि, उत्कृष्ट डिफेन्स आर्टरिज क्लबका सुबास तामाङ ,उत्कृष्ट स्ट्राइकर जोरपाटी फुटबल क्लबका बुद्द लामा घोषित भए ।उनीहरुले नगद रु ५ हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरे । बिजेता उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्री  बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, टुसाल युवा क्लबका संरक्षक चन्द्रदिप लामा,  तामाङ कल्याण गुठिका उपाध्यक्ष सोनाम लामा,ओमतामाङ सुखदुख गुठीका अध्यक्ष सुरज रुम्बा टुसाल युवा क्लबका अध्यक्ष विजय लामा  श्री  बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङ  सदस्यहरु  जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा पशुपतिनाथ (श्याम) खतिवडा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 उक्त समापन सत्रलाई सम्बोधन गर्दै श्री  बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वमा सर्वाधिक रुचाइएको खेल फुटबल भएको र नेपालमा पनि  लोकप्रिय खेलको रुपमा रहेको बताए उनले     खेलकुदको विकास र खेलाडीलाइ प्रोत्साहन गर्ने हेतु बिगत १४ बर्ष पछि पुन  दोस्रो बौद्धनाथ क्षेत्र विकास कप आयोजना गरिएको बताएका थिए।

उनले  खेलकुदमा रुची राख्ने युवाहरुलाई थप हौसला र प्रोत्साहन प्रदान  गर्दै   खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा सहयोग पुगोस र खेलको माध्यम बाट विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको प्रवर्द्धनमा समेत टेवा पुगोस भन्ने हेतुले उक्त प्रतियोगितामा बौद्धनाथ क्षेत्र बिकास समितिले सहयोग गरेको बताए।

  उनले क्षेत्रको बि डिभिजनमा खेल्ने एक मात्र क्लब श्री टुसाल युवा क्लब भएको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई  टुसाल युवा क्लब मा समाबेश गरि बि डिभिजन खेल्ने मौका प्रदान गर्न समेत अनुरोध गरेका  थिए। क्षेत्रकै  बि डिभिजनमा अहिले सम्म टिकेर बसेको क्लब टुसाल युवा क्लबलाइ ए डिभिजन सम्म पुर्याउनको लागि आफ्नो व्यक्तिगत र श्री बौद्धनाथ क्षेत्र विकास समितिको तर्फ बाट सक्दो सहयोग रहने बताएका थिए ।

उनले आफु पनि युवा भएको र युवा  खेलाडी र खेलकुदलाइ कसरी माथी उठाउने भन्नेमा चिन्तित रहेको बताउदै  उनले आगामी वर्षमा पनि श्री बौद्ध क्षेत्र बिकास समितिले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।  उनले असार १५ गते बाट सोहि मैदानमा  श्री  बौद्धनाथ क्षेत्र विकास कराते प्रतियोगिता समेत आयोजना गर्न लागेको जानकारी गराउदै त्यसमा पनि सबैको साथ र सहयोग प्राप्त  हुने बिश्वास ब्यक्त गर्दै प्रतियोगितामा बिजेता उप बिजेता लगायतलाइ बधाई दिएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामाले  प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।  उनले टुसाल युवा क्लबले आगामी दीनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिने भन्दै उपस्थित सबैलाई धन्यवाद दिइका थिए ।

तपाइँको प्रतिक्रिया ।