वास्तविकता : गंगा लिगल (कविता )

वास्तविकता : गंगा लिगल (कविता )

 

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

नवयुगको
दैलो खुल्न लागेको बेला
आमाको मुहारमा मुस्कान
देखिन लागेको बेला
धरतीले प्रगतिको
भीक मागिरहेको बेला
सन्तान थरि–थरिलाई
एकै खास्टो
आमाको न्यानो मायाले
ओढाउन लागेको बेला
आमाको सुकोमल
मायालु हातले
उन्नतिको भोजन
पस्कन लागेको बेला
न बाङ्गिदेऊ यसरी
एक अर्कालाई
ठेस लाग्ने गरेर
यो उन्नतिको
भाँडो भरियो भने
सम्पूर्ण सन्ततिले
प्रगतिको हार पहिरने छ
सुशोेभित हुनेछ
यो वास्तविकता हो
तसर्थ
एक अर्काको भावनालाई
न कुल्चेर
सहमतको च्यादरभित्र
सबै एक झुण्ड भै
आमाको वक्षस्थलमा
लडी बुडी खेल्ने
यही सु–अवसर हो
यही तिनको
न्यानो आयामलाई
सुमार्ग दर्शन गर्नेछ
तसर्थ
नयाँ इतिहासमा
हातेमालो गरी
अग्रसर होऊ
जसले गर्दा ममतामयी
आमाको अनुहार उज्यालो हुनेछ
तिनको हृदय खुशीले रोमाञ्चित हुनेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।