बिस्तारै बिस्तारै तर्कन्छ : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

भ्रष्टाचारिले भ्रष्टाचारिलाई कारबाही गर्छु भन्छ
उसलाई थाहा छ काँ कसरी भ्रष्टाचार भाको छ भनेर
कसले कसरी भ्रष्टाचार गरेको छ भनेर
तर औला उतिर फर्कने बितिकै उ थर्कन्छ
पिठ्युँ घुमाएर फर्कन्छ
नदेखेको जसरि लर्कन्छ
बिस्तारै बिस्तारै तर्कन्छ ।
देशमा तेस्तै छ
एनजिओमा तेस्तै छ
घर घरमा तेस्तै छ
हाम्रो नेपालमा यस्तै छ ।
पल पलमा पराजय नेपाल
इज्जत र ईमानमा हरायो नेपाल
जय नेपाल !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।