तिला बहन्छिन्, भाषाहरुमा : वैरागी जेठा (कविता )

तिला बहन्छिन्, भाषाहरुमा : वैरागी जेठा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

टीकाको मुस्कानसँगै
तिला बहन्छिन् भाषाहरुमा
विहानकी कालीझैँ
उनले मित्रवत गर्छिन्
पिलीको वागमा ।
योद्धाहरुका सपनाहरु
तप तप झारिरहे थ्यो, सिलाजितका थोपाहरु
मानवता दिवस मनाउन ।
उनको हाँसोले
मलाई बोकेर, मसितको सद्भावमा संगीत बजाउँछिन्
लामो दिनको यात्रामा
हिमनदीभःैँ मन्द मन्द मुस्कान
टीकाको ।
अप्ठ्यारा बाटा काट्दै
कठोर निर्णयहरु गर्दै
पीडाहरुको सामाना गर्दै
उनी ऊर्जा थपिरहन्छिन्
आँखाका परेलाहरु ,थरर काँप्छन्
काँपीरहँदा पनि तिनै हाँसाहरुले तगरा काट्छन्
निर्भीकतापूर्वक
योद्धाहरु लडिरहे, जुधिरहे
हरसमय ।
वैराग्यलाग्दा, उराठ पहाडका टाकुराहरु
नाग्म भएर बसेकाछन्
यात्रुबस गुडिरहेछ
निर्धक्क भएर
मित्रतागाँस्दै हामीहरुसँग
हरिया रुखहरु हातहल्लाउँदै थिए
कविलाई नागहरु घेर्छन्
बिहानी पख ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।