पिक पोइन्ट एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा वर्ष सम्मान -२०८०

पिक पोइन्ट  एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा वर्ष सम्मान -२०८०

कपन अनलाइन

काठमाण्डौ ,असार १।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पिक पोइन्ट एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा वर्ष सम्मान -२०८०  प्रदान गरिएको छ।

शिखर नेपालको आयोजनामा भएको तेश्रो रास्ट्रीय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोहमा पिक पोइन्ट एजुकेशन नेटवर्कलाई उक्त सम्मान गरिएको हो।

लामो समय देखि शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि प्रदान गरिएको सो सम्मान नेपाल सरकारका कृषि मन्त्री माननीय डा.बेदुराम भुसाल विधयालयलाई हस्तान्तरण गरेका थिए।

विद्यार्थीहरुको भावना र युगलाई सुहाउदो शिक्षा प्रदान गर्ने अभियानमा सो नेटवर्कको महत्वपूर्ण भूमिका रहेकोले सो सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।