चन्द्रगिरि नगरपालिका वडा नं. ५ गुर्जुधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चन्द्रगिरि नगरपालिका वडा नं. ५ गुर्जुधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असार १।

चन्द्रगिरि नगरपालिका वडा नं. ५ गुर्जुधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुने मोटरसाइकल पछाडि सवार मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटकी २० वर्षीया सुमित्रा मोक्तान रहेकी छन् ।

घाइते भएका मोटरसाइकल चालक थानकोट बस्ने २२ वर्षीय सरद राउतको रहेको छ भने उनको सहिद मेमारियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।

प्रहरी अनुसार गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा सहिद मेमारियल अस्पताल कलंकीमा मृत्यु भएको हो ।

ना ५ ख ५७७७  नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठाक्किँदा दुर्घटना भएको थियो ।

घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ।ट्रक र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।