नेसनल युनाइटेड स्कुलमा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम संचालन

कपन अनलाइन
काठमाडौं, जेठ ३० ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोकमा रहेको  नेसनल युनाइटेड स्कुलले शैक्षिक सत्र २०८० को लागि पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरण कार्यक्रम संचालन गरेको छ। जेठ   २९ गते आइतबार सम्पन्न गरेको छवििभिन्न कक्षाहरूलाई फरक फरक समयमा गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य रुपमा सहभागिता रहेको विद्यालयले जनाएको छ

प्रिन्सिपल शायरा हमालले शिक्षण सिकाई क्रियाकलापमा अभिभावकहरूको चासो र सहभागिताले प्रत्यक्ष प्रभाव पर्ने कुरालाई मध्यनजर गर्दै विद्यालयले कार्यक्रमको आयोजना गरेको बताएकि छन ।
कार्यक्रमको पहिलो दिन कक्षा १०का अभिभावकहरूबीच पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरणगरिएको थियो भने अन्तिम दिनमा नर्सरीका अभिभावकहरूबीच कार्यक्रम गरिएको थियो।

कक्षा शिक्षकहरूले सुरुवात गर्नु भएको कार्यक्रममा विषय शिक्षकहरुले चालु शैक्षिक सत्र २०८० अन्तर्गत आफुले अध्यापन गर्ने विषयहरूको बारेमा वार्षिक शैक्षिक पात्रो, पाठ्यक्रमको विषयवस्तु, विभिन्न उप सत्रहरूमा पाठ्यक्रमको वितरण, पाठ्यक्रमको उद्देश्य, शिक्षण विधि तथा मुल्यांकन विधिका बारेमा बृहद रुपमा प्रस्तुतिकरण गरेका थिए।
कार्यक्रममा विद्यालयका संस्थापक जेबी हमालले विषय शिक्षकहरुलेके के कुराको आधारमा शिक्षण सिकाई क्रियाकलाप अघि बढाउनु हुन्छ भन्ने बारे अभिभावकहरुलाई जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले पाठ्यक्रमको आधारमा नै शिक्षण सिकाई हुने हुनाले सम्बन्धित सबै पक्ष यसको बारेमा जानकार हुनुपर्ने बताउँदै अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्धबाट नै आशातित शैक्षिक उपलब्धि हासिल हुने कुरामा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।