बुढानिलकण्ठका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारीमा छौ : अनिता लामा

बुढानिलकण्ठका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारीमा छौ : अनिता लामा

कपन अनलाइन

काठमाण्डौ ,जेठ ३१।

बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख अनिता लामाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारीमा रहेको बताएकी छन ।

एउटा शिक्षक र  प्रशासक हुन विभिन्न सेवा आयोगले परीक्षा लिने तथा  त्यसभन्दा माथि स्तरवृद्धि  हुन निश्चित अवधिपछि परीक्षामा भइरहने  तर विद्यालयको प्रधानाध्यापक भने कहिले पनि परिक्षामा सफल हुनुनपर्ने परिस्थिति बदल्नका खुल्ला प्रतिस्पर्धाको तयारीमा लागेको उप प्रमुख लामाले बताएकी छन।

विद्यालय व्यवस्थापन समिती गठनमा पनि अध्यक्षको योग्यता निर्धारण गर्ने प्रस्ताव कार्यपालिकामा ल्याएकी (केही वडा अध्यक्षहरुको  चर्को विरोधका कारण छलफल मै रहेको ) उप प्रमुख लामाले विद्यालयहरुमा योग्यता, क्षमता, ज्ञान, अनुभव, कार्यकुशलता, प्रणाली  बुझ्नसक्ने र  बोक्नसक्ने नेतृत्व हुनुपर्ने धारणा राखेकी छन।

सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

भक्तपुरको सूर्य विनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३० वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरी कार्यान्वयनमा ल्याइसकेको छ । खस्किँदै गएको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेपछि शिक्षा मन्त्रालयले यही विधिलाई देशभर लागू गर्न खोजेको हो ।

 

तपाइँको प्रतिक्रिया ।