ऋण र मिटरब्याज : बुद्धि प्रसाद घिमिरे ( विपिन )
कपन अनलाइन
काठमाण्डौ ,जेठ २९।
आजकाल बजारमा प्राय सुनिने शब्द मिटरब्याजले डुवायो भन्छन् । कति जनाले आत्महत्या पनि गरिसके । कति जना बाच्नको लागि संघर्ष गर्दैछन् र कति जना त यसैका कारणले सम्पर्क बिहिन बनेर बसेका छन् । मिटरब्याजमा फस्ने प्राय भनेको सर्बसाधारण नै छन् । तर यतिपनि हैन की उनीहरुसंग कुनै सम्पत्ति नै छैन । नेपालमा बैंक तथा बित्तिय संस्था जतिसुकै बढेता पनि सर्बसाधारणको पहुँचमा पुग्न सकेको छैन । बैंक त प्राय जसो सिमित घराना र ब्यक्तिहरुकै कब्जामा रहेको छ । त्यहाँ सर्बसाधारणले २÷४ करोडको जायजेठा धितो राख्दा पनि २÷ ४ लाख सजिलै ऋण पाउने सम्भावना छैन ।तर तिनै बैंकबाट विभिन्न ब्यक्ति तथा संस्थाहरुले धितो या बिना धितो करोडौं करोड रकम चलाइरहेका हुन्छन् । तिनै सर्वसाधारणको समस्या समाधान गर्ने भनेर खुलेका सहकारी तथा लघुबित्त पनि केवल नाफामूखि ब्यवसाय गर्न लागेर जो कोहिले यसको लाभ उठाउनै सकेनन् । ऋण पाउनु मात्र पनि समाधान हैन । लघुवित्त तथा सहकारीका संचालकहरुले सानो लगानी गरी दुर दराजका जनताहरुलाई सेवा दिनुपर्थो तर त्यसमा न राज्यको ध्यान गयो नत त्यस्ता संस्थाका संचालकको ? यस्था संस्थाले सेवा भन्दा पनि नाफा केन्द्रित भइदिंदा समस्या जहाँको त्यहि रहिरह्यो । कर्जा उठाउँदा पनि बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु ठुला घरानालाई खासै चलाउन सक्दैनन् तर सर्बसाधारणको १।२ किस्ता रकम समयमा नआउँदा ति ऋणीहरुले खप्नुपर्ने पिडा सुनि साध्य र भनि साध्य नै रहदैन ।
रोजगार नेपालमा सम्भव छ । तर हामि काम गर्न लाज मान्छौं । खालि कुर्सिको काम मात्र खोज्छौं । सानोतिनो काम गर्न लाज लाग्छ । बरु तराइको उर्वर धान खेत ५।७ लाखमा बेचेर मासिक ३०÷४०,०००। कमाउन बिदेश जान्छौं १५।१६ घण््टा खटेर काम गर्छौं र मासिक १०।१५,०००। नेपालमा पठाउँछौं । अनि हामि खुसि हुन्छउ तर त्यहि खेतमा नेपालमा बसेर उब्जनी गर्दैनौ । बिदेश जान पैसा हुँदैन । बैंक वित्तिय संस्थाले र्दिर्दैन अनि हाल खुलेका विभिन्न लघुवित्तमा जान्छौं या त्यो पनि भएन भने स्थानिय साहु महाजनकोमा गएर जग्गा पास गरेर हुन्छ की तमसुक गरेर हुन्छ की परिवारका सदस्य नै हलिया बसेर भए पनि ऋण लिन अघि बढ्छौं । बल्ल बिदेश गयो जाने बित्तिकै काम पाउँदैन । अझ कति त बिदेश जाने सपनामा भए भरको सम्पत्ति धितो राखेर ल्याएको पैसा मेनपावर ब्यवसायीका नामका एजेन्टहरुले खाएर सबै सक्दिन्छन् ।
सर्बसाधारण मिटर ब्याजीकोमा कसरी पुग्छन् ?
हाल बजारमा देखिएका मिटर ब्याज पिडितहरु अधिकाँश तराइका सोजा सिधा जनता खुलिरहेका छन् । तर शहरका ब्यक्तिहरु अझै पनि खुल्न सकेका छैनन् । तर गहिरिएर हेर्नुपर्दा तराइको भन्दा बढी मिटर ब्याज पिडित शहरी एरिया त्यसमा पनि काठमाण्डौं उपत्यका अग्रस्थानमा छ । गाँउका जनता खान लाउनकै लागि मिटरब्याजमा फसेका छन् भने शहरका जनता बढी कमाउनका लागि, फरक यति हो । मिटर ब्याज लगानीकर्ता कुनै शक्तिकेन्द्रलाई रिझाएर घुमिरहेको हुन्छ । न त सरकारले केहि गर्न सक्छ न त सर्बसाधारणले । यस्ता ब्यत्ति या संस्थाहरु जस्तोसुकै कार्य गर्न पनि तयार देखिन्छन् किनकी यि कुनै शक्तिकेन्द्रका आडले चलेका हुन्छन् । एउटा किसानको छोरा पढ्न या कमाउन विदेश जाने भन्छ । लगानी गर्ने पैसा छैन लघुबित्तमा पुग्छ या बैंकमा पुग्छ, आफ्नो समस्या सुनाउँछ । वित्तिय संस्थाले ५।१० लाख ऋण दिन्छ उ खुसि हुँदै जान्छ । बाबुआमा पनि खुसि बैंकले ऋण दियो छोरा छोरीलाई बाहिर पठाउँछन् । बाहिर त गयो खुसी हो सोचेको पुग्यो तर जाने बित्तिकै काम पाउदैन । बोटमा टिपेर पठाउने पैसा हैन । १।२ महिनामा बैंकले घरमा जान्छ कराउन थाल्छ किस्ता चाहियो भन्छ ब्यक्ति आउँछ पैसा चाहियो भन्छ । अनि बिकल्प बाबु आमाको तिर्न सक्ने क्षमता छैन । छोराछोरीले काम पाएको छैन पठाउन । बाबु आमा छर छिमेकी आफन्त सबैतिर जतिमा पाइन्छ त्यतिमा नै पैसा ऋण गर्दै बैंकमा किस्ता हाल्न थाल्छन् । ऋणमाथि ऋण यसरी नै बढ्दै गइरहेको छ । त्यहि समस्या आउन नदिन बैंक तथा बित्तिय संस्थाले अलिकति पहल गर्नु हो भने पक्कै यस्तो समस्या आउने थिएन की ।
ऋण किन र कसरी लिने त ?
ऋण लिनुपर्छ र चाहिन्छ पनि । तर नेपाली उखान नै छ घाँटी हेरेर हाड निलौं । जति तिर्न सकिन्छ त्यति मात्र ऋण गरौं । ऋण लिनुभन्दा पहिला परिवारमा सरसल्लाह गरेर मात्र ऋण लिने बानी बसालौं । ऋण लिँदा सकेसम्म इजाजत प्राप्त संस्थाबाट मात्र लिने गरौं । लिनु मात्र हैन तिर्न पनि समयमा नै तिर्ने बानी बसालौं ताकी अर्को पटक कारोवार गर्न विश्वसनियता प्रदर्शन होस् । बिदेशमा गएर १२।१४ घण्टा खटेर ३०।४०,०००। कमाउन भन्दा नेपालमा नै खटी आफ्नै पौरख बिकाउने प्रयत्न गरौं । लघुवित्त तथा सहकारीले उत्पादनमुलक तालिमहरु संचालन गर्न जोड दिने काम गराउँ । गरे सम्बव छ काम सानो र ठुलो हुँदैन । जाँगर र सिप हुने मान्छेले बेरोजगार बस्नु पर्दैन ।
तपाइँको प्रतिक्रिया ।