अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न

अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेठ २९।

अन्नपूर्ण उच्च माविको आयोजनमा संचालन भएको  अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएकोछ। प्रतियोगिताको यु १७ मा छात्रतर्फ प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल च्याम्पियन भए भने अन्नपूर्ण स्कुलका प्रवेश लामा र अर्या श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा रहे । यु १७ कै छात्रातर्फ टिलिङटार स्कुलका पुर्णिामा गुरुङले उपाधि जितिन् । त्रियोगकी  रिया श्रेष्ठ दोस्रो र तेस्रो भईन।

अन्नपूर्ण माविको भवनमा भएको प्रतियोगितामा यु १५ को छात्रतर्फ नेशनल क्रेडिटिभका रिदम घिमिरे बिजेता बन्न सफल भए । अल्पाइनका शुलभ पौडेल र पन्चायनका अध्यन काफ्ले दोस्रो र तेस्रो स्थानमा रहे। छात्रातर्फ यु १३ मा ग्रिनहिलका एन्जेेल महर्जन पहिलो भईन् भने पुष्प सदन स्कुलका शिवानी रिजाल उपविजेता र के एम सिका प्रविज्ञा तेस्रो भइन् ।

छात्रमा पाँच समुह र छात्रतर्फ चार समुहमा संचालन भएको प्रतियोगितामा यु १३ को छात्रतर्फ वि एन एकेडेमीका अविन पाण्डेे प्रथम स्थानमा रहे। बासु सेकेन्डरी स्कुलका माणिक ख्यनमली दोस्रो र त्रिपुरा ग्लोरियस स्कुलका सप्राण श्रेष्ठ तेस्रो भए।

त्यसैगरी यु ११ छात्रमा त्रियोग हाइस्कुलका आभास रिमालले उपाधि जिते भने दाभ स्कुलका सरल थापा दोस्रो र प्रत्युस श्रेष्ठ तेस्रो स्थानमा रहे। छात्रामा वि एन एकेडेमीकी बबिसा तामाङ बिजेता बनिन भने त्रियोग स्कुलकि परिधि खत्री उप विजेता , दिपज्योतिकि इसिका श्रेष्ठ तेस्रो भइन् ।

यु ९ तर्फ सूर्यदय स्कुलका अग्रिम सैजु पहिलो भए भने छात्रामा अन्नपूर्णकि ओजस्वी श्रेष्ठ ले उपाधि जितिन्।

बिजेता खेलाडीहरुलाई आइतबार काठमाडौ आइपुगेका विश्व बुद्धिचाल महासंघकाबेलायती   फिडेका चेस डेभलपमेन्टका निर्देशक सुपर ग्राण्ड मास्टर नाइजेल डेभिड शर्तले  पुरस्कार वितरण गरे।

सो प्रतियोगितामा  ६० स्कुलका ३०० खेलाडीहरुको प्रतियोगितामा सहभागीता रहृको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।