हिन्दु राष्ट्र माग्दै राप्रपा नेपालद्धारा देशव्यापी विरोध प्रदर्शन

काठमाडौँ, २२ असार – नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राप्रपा नेपालले मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ।

राजधानीमा संविधानसभालाई घेराउ गर्न बबरमहलबाट जुलुसहित प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ अघि बढेका छन्। नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। राजधानीबाहेक बाहिरका जिल्लामा पनि मंगलबार राप्रपा नेपालले मंगलबार जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ।

Raprapa_Nepal

बहुमतको आडमा जनभावना विपरीतको संविधान ल्याउन लागिएको बताउँदै राप्रपा नेपालले हिन्दु राष्ट्र स्थापनाका लागि अन्तिम घडीसम्म पनि पार्टी लडिरहने प्रतिवद्धतासहित आन्दोलनको घोषणा गरेको हो।

तपाइँको प्रतिक्रिया ।