‘हाम्रो पुलिस’ मोबाइल एप्स सार्वजनिक

काठमाडौँ । काठमाडौँ उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् ।

महानगरीय प्रहरी कार्यालयले आज सार्वजनिक गरेको ‘हाम्रो पुलिस’ मोबाइल एप्स डाउनलोड गरी मोबाइलमार्फत प्रहरीलाई सूचना दिन सकिने जानकारी दिएको हो ।

1216-2-hamro-police

प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने नीतिअनुरुप उपत्यकाका तीन जिल्लामा पहुँच हुनेगरी एप्स ल्याइएको जानकारी दिनुभयो । प्रयोगकर्ताले स्मार्ट र एन्ड्रोइड मोबाइलमा सो एप्स डाउनलोड गरी आफ्नो विवरण दिनुपर्दछ । एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ ।

घटना तथा अपराधको सचित्र विवरणको बारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने, हराएका वा फेला परेका व्यक्ति वा सर–सामानको विवरणसमेत पठाउन सकिने प्रहरीले जानकारी दिएको छ ।  इन्टरनेट नभएको स्थानबाट समेत एसएमएसमार्फत घटना तथा अपराधको विवरण पठाउन सकिने प्रहरीले जनाएको छ ।

एप्समार्फत आमनागरिकका जनगुनासा पठाउन सकिने र आफू रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्सा प्राप्त गर्न सकिनेछ ।

 

तपाइँको प्रतिक्रिया ।