श्री बौद्धनाथ क्षेत्र विकास समितिले ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरुको तथ्याकं संकलनको लागि सर्वेक्षण गर्ने

श्री बौद्धनाथ क्षेत्र विकास समितिले ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरुको तथ्याकं संकलनको लागि सर्वेक्षण गर्ने

कपन अनलाइन

काठमाडौं जेठ २५ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र रहेका ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरुको तथ्याकं संकलनको लागि  सर्वेक्षण गर्ने भएको छ ।समितिले बज्र कलेजमा बि एस डब्लु अध्यनरत बिद्यार्थी , बिज्ञ सहितको स्वास्थ्यकर्मीहरु संग बुधबार सर्वेक्षणको लागि छलफल समेत  गरेको थियो ।

छलफल बाट वडा भित्र बसोबास गर्दै आएका आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ दीर्घ रोगी तथा  अशक्त भएका बिरामीहरुको तथ्याकं निकाली उनीहरुको  उपचारमा सहजता होस् भनेर आवश्यक औषधी घर घरमा नै पुगी  वितरण गर्ने योजना अनुसार सर्वेक्षण गर्न लागेको  क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन । पहिलो चरणमा तथ्याङ्क सङ्कलन, दिर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा समेत जानकारी लिइ उनीहरुले सेवन गरिरहेको औषधी वितरण गरिने योजना रहेको बताए । स्वास्थ्य समस्या भए पनि स्वास्थ्य संस्थासम्म  आर्थिक लगायत बिभिन्न कारणले पुग्न  नसकेका ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई  मध्यनजर गर्दै उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले जानकारी गराएका छन ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले  बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको छ भने   युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन । बुधबार गरिएको उक्त छलफलमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ती माया तामाङ, समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, स्वास्थ्यकर्मी र बि एस डब्लु अध्यनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले बिद्यार्थीहरुलाई बिभिन्न समूह विभाजन गरि आइतबार बाट स्वास्थ्यकर्मी सहित सर्वेक्षण गर्न लागेको हो । सर्वेक्षण पूर्व बिद्यार्थीहरुलाई बिज्ञहरुले परामर्श समेत प्रदान गर्ने समितिले जानकारी गराएको छ । आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधि उपचार तथा परामर्श प्रदान गर्नु उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको समितिले जानकारी गराएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।