छोरङान महिला समूह बौद्ध द्वारा आयोजित प्रज्ञापारमितासूत्रको तीन दिवसीय बाचन तथा पुजापाठ  कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौँ, जेठ २५ । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा प्रज्ञापारमितासूत्रको तीन दिवसीय बाचन तथा पुजापाठ  कार्यक्रम शुरु भएको छ ।विश्व शान्तिको कामना सहित भगवान बुद्दका अत्यन्त महत्वपुर्ण तथा कल्याणकारी उपदेशमा आधारीत प्रज्ञापारमितासूत्रको तीन दिवसीय बाचन तथा पुजापाठ  कार्यक्रम आज बाट शुरु भएको हो।

छोरङान महिला समूह बौद्धको आयोजना, श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा श्री बौद्ध तामाङ कल्याण गुठीको सहयोग  आज  जेठ २५ गते बाट शुरु भएको उक्त प्रज्ञापारमितासूत्रको तीन दिवसीय बाचन तथा पुजापाठ  कार्यक्रम श्री तामाङ कल्याण गुठीको भवनमा  जेठ २७ गते सम्म चल्नेछ ।

विश्वका जुन जुन देशमा महायान बुद्धधर्म फैलिएको छ, त्यहाँको बौद्धहरूमाझ प्रज्ञापामिता को दार्शनिक महत्व मात्र होइन, सांस्कृतिक र व्यवहारिक महत्व पनि उत्तिकै रहेको पाइन्छ ।उक्त कार्यक्रममा सहभागी हुन समेत आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।