नेसनल युनाइटेड स्कुलमा सुसोभन समारोह सम्पन्न

नेसनल युनाइटेड स्कुलमा सुसोभन समारोह सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक स्थित नेसनल युनाइटेड स्कुललेयहि जेष्ठ १२ गते सम्पन्न विद्यार्थीहरुको चुनावबाट निर्वाचित स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन,हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन गरि ११ जना विद्यार्थीहरुलाई विद्यालय प्राङ्गणमा आयोजित सुसोभन समारोहमा सुसोभित गरेको छ।

सामाजिक विषयलाई सहयोग पुग्ने गरी प्रजातन्त्रिक व्यवस्थाको प्रयोगात्मक ज्ञानको लागि स्कुलले अत्यन्त सभ्य र भव्य तरिकाले चुनाव सम्पन्न गरेको थियो ।

सामाजिक विषय शिक्षकले प्रजातान्त्रिक अभ्यासमा हुने निर्वाचन प्रक्रिया, निर्वाचनको कार्यतालिका, मताधिकारको सही सदुपयोग, बदर मतबारे जानकारी, उम्मेरद्वारबिचको स्वच्छ प्रतिस्पर्धाका बारेमा विद्यार्थीहरूलाई प्रयोगात्मक रुपमै जानकारी दिइसकेको हुँदा सम्बन्धित पाठहरू सिकाउनका लागि धेरै सहज हुने धारणा व्यक्त गरेका थिए  ।
कार्यक्रममा स्कुलका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल तथा निर्वाचित विद्यार्थीहरुका अभिभावकहरुले टिका, ब्याज, स्याजर प्रमाणपत्रद्वारा विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो।संस्थापक हमालले निर्वाचित एवम् मनोनित विद्यार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै सफल कार्यकालको शुभकामना दिंदै विद्यालयमा अनुशासित भई उच्च नैतिक मूल्य र मान्यता स्थापना गरी अघि बढ्न र नेतृत्व विकाश गर्न उत्प्रेरणा प्रदान गरेका थिए  ।
उक्तकार्यक्रमलाई सम्बोधन गर्दै अभिभावकहरूले यस्तो प्रकारको निर्वाचनले नेतृत्व क्षमता वृद्धि गराउनुका साथै आफ्नो भूमिकामा अझ जिम्मेवार हुने बताउँदै विजेता विद्यार्थीहरुलाई सामुहिक भावबाट विद्यालयको नाम राख्ने तर्फ अगाडि बढ्न शुभकामना व्यक्त गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।