नेपाली भाषामा अनुवादित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता (ञिठी )पुस्तक लोकार्पण

नेपाली भाषामा अनुवादित आर्य पञ्चविशतिसाहस्रिका  प्रज्ञापारमिता (ञिठी )पुस्तक लोकार्पण

कपन अनलाइन

काठमाडौं, जेठ २३  ।  बद्धवचन अनुवाद समिति नेपाल द्वारा पहिलो पटक नेपाली भाषामा अनुवादित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता (ञिठी )पुस्तक को लोकार्पण गरिएको छ । समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थमा लेखिएको भगवान बुद्दको चौरासी हजार धर्मस्कन्ध हरु मध्ये अत्यन्त महत्वपूर्ण शुन्यता दर्शनमा आधारित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता’(ञिठी) लाइ इतिहासमा नै पहिलो पटक नेपाली भाषामा अनुवाद गरेको हो। आइतबार सागा दावाको पावन अवसरमा सेचेन कोलोनी स्थित होटल हार्मिकामा एक कार्यक्रमका बीच प्रमुख अतिथि  श्रद्धेय धर्म गुरु छ्योजे वाङछ्यूक रिन्पोछेले ‘आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता’ (ञिठी )पुस्तक को लोकार्पण गरेका हुन ।

बद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टिका शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा ,श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष  जय मंगल लामा, पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता (ञिठी ) प्रकाशन  समितिका संयोजक सम्पूर्ण कुमार लामा, समाजसेवी टाशी कुमार लामा,  बरिष्ठ  लामा पूर्ण बहादुर लामा तथा ज्ञान बहादुर लामा सहित बुद्धिजीवी संघ संस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको  कार्यक्रम संचालन सुरेन्द्र बज्राचार्यले गरेका थिए ।

पुस्तक का प्रकाशन समितिका संयोजक सम्पूर्ण कुमार लामाले  स्वागत मन्तब्य सहित शुरु भएको उक्त कार्यक्रममा बरिष्ठ  लामा गुरु द्वय  पूर्ण बहादुर लामा र ज्ञान बहादुर लामा बाट मंगल पाठ पश्चात प्रमुख अतिथि श्रद्धेय धर्म गुरु छ्योजे वाङछ्यूक रिन्पोछेले छ्योईमी बत्ती बालि  उदघाटन गरेका थिए । कार्यक्रममा नेपालको इतिहासमै पहिलो पटक नेपाली भाषामा अनुदित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता(ञिठी) पुस्तकको  लोकार्पण गरिएको थियो ।

लोचावा पुण्य  प्रसाद पराजुलीले प्रज्ञापारमिताको महत्वको बारेमा चर्चा गरेको कार्यक्रममा समाजसेवी टाशी कुमार लामा, श्री बौद्ध  तामाङ कल्याण गुठीका अध्यक्ष जय मंगल लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए  उक्त कार्यक्रममा  अवसरमा अनुवादक  र सहयोगीहरू लाई प्रमुख अतिथि धर्म गुरु छ्योजे वाङछ्यूक रिन्पोछेले  खादा ओडाएर सम्मान  गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै श्री बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले  नेपाली भाषामा अनुवादित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता (ञिठी )पुस्तकको लागि  श्री बौद्धनाथ क्षेत्र   बिकास समितिले सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थमा लेखिएको भगवान बुद्दको चौरासी हजार धर्मस्कन्धहरु मध्ये अत्यन्त महत्वपूर्ण शुन्यता दर्शनमा आधारित आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता’(ञिठी) लाइ इतिहासमा नै पहिलो पटक नेपाली भाषामा अनुवादन गरेर पुण्य को काम गरेको बताएका थिए ।

उनले उक्त पुस्तक सर्वसाधारण नेपाली र  बौद्ध धर्मावलम्बीको अध्ययनमा  सहजता  र  बौद्ध साहित्य तथा दर्शन अध्ययनका लागि  उपयोगी हुने बिश्वास ब्यक्त  गर्दै यस्ता कार्यमा श्री बौद्ध नाथ क्षेत्र विकास समिति सदैव सहयोग गर्न  तयार रहेको बताएका थिए । बुद्धवचन अनुवाद समितिले  बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गरी संरक्षण, सम्वर्धन र प्रचारप्रसार गरिरहेको हुदा क्षेत्र विकास समितिले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य  छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यवाद दिदै उक्त पुस्तक अनुवादमा  सहयोग गर्न पाउदा भाग्यमानि ठानेको बताए । बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गरिनु महत्वपूर्ण भएको र यसले अध्ययनमा सहजता ल्याउने बताए । उनले  यस्ता अनुबादका कार्यले सस्कृति  परम्परा  संरक्षणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु छ्योजे वाङछ्यूक रिन्पोछेले आर्य पञ्चविशतिसाहस्रिका प्रज्ञापारमिता (ञिठी )पुस्तकलाइ पहिलो पटक नेपाली भाषामा अनुवाद भएको र सो पुस्तक लोकार्पण गर्न पाउँदा खुसि लागेको बताए ।उनले यस्ता पुस्तक बौद्ध साहित्य तथा दर्शन अध्ययनका लागि उपयोगी हुने बिश्वास ब्यक्त गर्दै उक्त पुस्तक अनुबाद गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै बद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टिका शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।