गोकर्णेश्वर नगरपालिका वडा नं ६मा रक्तदान कार्यक्रम  सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ६मा  रक्तदान कार्यक्रम  सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ २२ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ६मा बृहत स्वयंसेवी रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।   नेपाल रेडक्रस सोसाइटी, गोकर्णेश्वर नगरपालिका, प्रहरी वृत बौद्धर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटीको संयोजकत्वमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नगरप्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेत गोकर्णेश्वर नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,सामुदायिक सेवा केन्द्र जोरपाटी तथा गोकर्णेश्वर ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ  लगायत स्थानीयको उपस्थितिमा बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म संचालन भएको ३३ जना रक्तदाताले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।