आमा : निर्जरा शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
सर्वनाम शिक्षालय जोरपाटी काठमाडौ
आमा तिमी मेरो जन्मदात्री
आमा तिमी मेरो संसारदात्री
जननी तिमी मेरो
भग्वान पनि
मेरो जीवनको विघ्नहर्ता
सुखकर्ता पनि
जीवन दियौ सुख पनि
हिम्मत तिमी मेरो संसार पनि
आफु निराश भए पनि
मेरो जीवनो आशाको दीप तिमी
छाडी नजानु होला मलाई
म तिम्री प्यारी छोरी
आमा तिमी मेरो जन्मदात्री
आमा तिमी मेरो संसारदात्री
आफु दुखको जालमा परे पनि
मेरो जीवनको तिमी नै आशा
तिमी नै हो मेरो कर्मदाता
तिमी हाँस्दा मेरो मन उज्यालो
तिम्रो संस्कारले मेरो जीवन उज्यालो
कसम हो मेरो म बाँचुन जेल त
आउनदिन्न आँसु तिम्रो आँखामा त
जीवन दियौ सुख पनि
हिम्मत तिमी मेरो संसार पनि
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।