प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज  भारत भ्रमणमा जादै

कपन अनलाइन

काठमाडौं जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज  भारत जाने भएका छन । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज दिउँसो २:५० मा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । । ​तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो।

चार दिने भ्रमणमा  सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया ।