काठमाडौं महानगरपालिका वडा नं ६ मा बृहत सरसफाई

काठमाडौं महानगरपालिका वडा नं ६ मा  बृहत सरसफाई

कपन अनलाइन

काठमाडौँ, जेठ १४ ।  काठमाडौं महानगरपालिका वडा नं ६ ले बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार  काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरुको पद बहाली भएको एक बर्ष पुगेको अवसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको वडाले जानकारी गराएको छ ।

जनप्रतिनिधिहरु  स्थानीय संघ सस्थाका प्रतिनिधि सहित स्थानीयको सहभागितामा काठमाडौं महानगरपालिका वडा नं ६ भित्रका बिभिन्न क्षेत्रको बिभिन्न स्थान सरसफाई गरिएको थियो  ।

सरसफाई कार्यक्रममा सहभागिहरुले आ–आफ्नों घर आँगन सफा राख्न सुझाव समेत दिएका थिए । सफा  वडा नै आफनो पहिचान, परिचय अनि सभ्यता संग गासिएकोले आफु बस्ने वडा नगरलाइ   सभ्य ,सफा र बिकसित  वनाउनको लागि  सबैको सहयोग आवश्यक रहेको र नियमित रुपमा सरसफाई गर्नुपर्ने जनचेतना जगाउने उदेश्य सहित सरसफाई गरिएको  वडाले जानकारी गराएको छ   ।

 

तपाइँको प्रतिक्रिया ।