नेपाल मेडिकल कलेजमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ १४ । नेपाल मेडिकल कलेजमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल मेडिकल कलेज , छहारी युवा क्लव र सिद्धिदात्री महिला समूह द्वारा संयुक्त आयोजनामा नेपाल मेडिकल प्रांगणमा बिहान ९ बजे देखि १ बजे सम्म भएको उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको आयोजक संस्थाका संजय आचार्यले जानकारी गराए ।

रगत आभाबको कारण कसैले  पनि गम्भिर समस्या भोग्न नपरोस र रक्त संचार केन्द्रमा रगतको अभाब  नहोस भन्ने  उदेश्य सहित आयोजित उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रतिनिधि  सभा सदस्य सन्तोष चालिसे ,  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायतले सहभागिताको प्रमाण पत्र वितरण गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।