प्रहरी प्रभाग कपन द्वारा गाँजाका बोटहरु नष्ट

कपन अनलाइन

काठमाडौँ, जेठ ९ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा गाँजाका बोटहरु नष्ट गरिएको छ  ।आज प्रहरी प्रभाग कपनको  कार्यालय प्रमुख प्रहरि निरीक्षक  स्मृति सिलवालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले  कपन गैरीगाउ कपनटार- आकाशेधारा एरिया आसपासमा प्राकृतिक रुपमा उम्रिएका अवैध गाँजाका बोटहरु नष्ट  गरेको हो ।

प्रहरी प्रभाग  प्रहरीको टोलीले  क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका  करिब ६ सय वटा गाँजाका बोटहरु फडानी गरेको जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।