शंखरापुर नगरपालिकाको राय सुझाब संकलन सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, जेठ ९ । शंखरापुर नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमाको लागि राय सुझाब सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।
नगर प्रमुख रमेश नापितले जारी गरेको उक्त सुचनामा शंखरापुर नगर्पलिअकले सरोकारवालाहरु बाट सुझाब संकलन गरि आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा गर्न लागेको हुँदा नगरपालिकाको समग्र विकास र समृद्दीको लागि समाबेश गर्न आवश्यक क्षेत्रगत नीति तथा कार्यक्रमको सन्दर्भमा आ-आफ्नो रचनात्मक प्रबर्द्धनात्मक र व्यवहारिक नीति तथा कार्यक्रमहरु सुझाब स्वरूप मिति २०८० जेठ २० गते भित्र उपलब्ध गराई अमुल्य योगदान पुर्याउन हुन सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिएको छ, साथै आफ्ना राय सुझावहरु नगरपालिकाको इमेल ठेगाना [email protected] मा पत्राचार गर्न वा नगर कार्यपालिकाको प्रशासन शाखामा उपलब्ध गराउन हुन समेत सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।