Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/347436653_700105035207593_7574388849453504592_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा फहराए भेनस नेशनल कलेजको झन्डा

कपन अनलाइन

काठमाडौँ, जेठ ९ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा संचालित भेनस नेशनल कलेजको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।   सोनाम टासी शेर्पाले यही जेठ  ४ गते सगरमाथाको आरोहण गरेका  थिए  । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा भेनस नेशनल कलेजको झण्डा  फहराएका हुन ।

सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई भेनस नेशनल कलेजले कलेजको  झण्डा हस्तारण गरेको थियो। सोहीअनुरुप उनले आरोहण पश्चात् भेनस नेशनल कलेजको झण्डा फहराएको  कलेजले जनाएको छ। भेनस नेशनल कलेजले सगरमाथा सफल आरोहण गर्दै कलेजको झण्डा फहराएकोमा सोनाम टासी शेर्पालाइ धन्यवाद दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।