अन्त्य गरौ बालविवाह : अन्जली तामाङ ( कविता )

अन्त्य गरौ बालविवाह : अन्जली तामाङ  ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६ ।

घरैबाट अन्त्य गरौ बालविवाहलाई
यो कुरालाई मनन गरौ आमा, बुबा, दाई

बीस बर्ष नपुगी विवाह गर्दा कानुन लाग्छ अरे
चौध, पन्ध्र मै धेरै छोरीले बालविवाह गरे

ओडारको मान्छे अन्तरिक्ष पुग्ने शिक्षा आयो
यो देशमा बालविवाह सम्बन्धि शिक्षा खै काँ हरायो

म आफै निसब्द छु आज हेर
एक्लै सोच्ने गर्छु धेरै धेरै बेर

छैन कतै बच्ने ठाउँ, गाउँ सहरमा
कति त बाध्य छ यहाँ आफ्नै सहरमा

अपराधीहरुले माया जालमा चेलीबेटीहरुलाई फसाए
यस्तो समस्या हटाउने चेतना कता हराए

पैसावालाको नोक्कर गरिबको आधार
खै त बलात्कृत चेलीको मानव अधिकार।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।