मानव जीवन : नम्रता श्रेष्ठ (कविता)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
चोटै चोट बोकि हिड्ने सास भनु मानव जीवन
हासो खुसी उत्साहमा खास भनु मानव जीवन
यो गर्छु त्यो गर्छु के के काम गर्छु भन्दै
यात्रै यात्रामा टुंगि जाने लास भनु मानव जीवन
यसको खुसी उसको खुसी खुसी खोज्ने चाहनामा
आँसु धारा पिउदै हिड्ने जात भनु मानव जीवन
हासो –आँसु मिलन –बिछोड साथ र धोका पनि
सबै कुरा भोगिएको पाका भनु मानव जीवन
यसको माया उसको माया आफन्तको माया बोक्दै
अध्यारोमा बिलाइ जाने छाया भनु मानव जीवन।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।