मनभित्र बोल्छ : गंगा लिगल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
मान्छेको जिन्दगी
खुशी र पीडाको दोसाधमा
एउटा ओजपूर्ण प्रतिबिम्ब लिएर
मुस्कुराईरहेछ
यो उदात्त जीवनको
प्रतिरुप हो
अनि
नमुस्काउनु नै कसरी ?
दुःखमा द्रवित हुनदिन्न
यसले भन्छ
आफू हास्नु पर्छ
अनि पो अरु हास्छन्
त्यसैले यो पीडा बोकेको गुलाफ
त्यागको प्रतिकको रुपमा
मनभित्र बोल्छ
मनभित्र बोल्छ
मनभित्र बोल्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।