आमा : तोयनाथ तिवारी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
आमा सानी नानीलाई
आफ्नो मुटुमा लुकाई
आफ्ना इच्छा चाहना मेटाई
आफ्नो दूध पान गराई
हामीलाई सन्सार देखायौ ।
तोते बोलिबोलेर
बोल्न सिकायौ ।
हातका अम्ला समाति
हिड्न सिकायौ ।
साथीहरूका साथमा
घुलमिल हुन सिकायौ ।
दुखपर्दा आसुझर्दा
पुछ्न सिकायौ ।
आफ्ना साना नानीलाई
सर्वागिण बिकास गराउन
बिद्यालय पठायौ ।
साना नानी स्कुल जान्छन् ।
पढ्न लेख्न जान्दछन् ।
साथी संगिमिलि घुलमिल गर्छन् ।
भोकलागेका बेला
खाजा पानी खान्छन् ।
बालमैत्रीपूर्ण खेलमा
केटाकेटी रमाउछन् ।
आफुले जानेका कुरा
साथीहरू हरूलाई सिकाउंछन् ।
नजानेका कुरा
सरमिस संग सिक्छन् ।
साना नानीले सिकेकाकुरा
हेरेर रमायौ ।
आफ्ना अनेक दुःख
र व्यथा हेरेर रमायौ ।
आफ्ना इच्छा र चाहना
दुख र व्यथा यसैमा मिलायौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।