अस्ट्रेलियाको उच्च शिखरमा नेपाली झण्डा

भिमसेन सापकोटा, सिडनी

सगरमाथा आरोहण दिवसको अवसर पारेर अस्ट्रेलियाको सबैभन्दा उच्च शिखर “माउन्ट कोजुअसको” को टुप्पामा नेपाली  पत्रकार ,लेखक तथा वैज्ञानिक हरूको एक टोलीले नेपाली  झाण्डा फहराएका  छन्।

सगरमाथा दिवसमनाउने क्रममा मे ३१  का दिन अस्ट्रेलियाको समय  अनुसार दिउंसो ३ बजेर १ मिनेट जाँदा उक्त टोलीले कोजुसको को सफल आरोहण गरि नेपाली झण्डा  फहराएका  हुन्। बाक्लो हिऊ का कारण आरोहणमा केहि कठिनाइ आए पनि उत्साह वर्द्दक काम भएकाले थकान लाइ मत्थर पारेको सहभागीहरूले  बताएका छन्.आरोहण कार्य सामान्य भए पनि यसले  देशकोगरिमा बढाउने ठुलो शन्देस  वोकेकाले आफूहरूलाई यस कदमले रास्ट्र सेवामा समर्पित हुन् थप  हौसला मिलेको बताए.

लेखक एव असनेपालन्युजका सम्पादक  भीमसेन सापकोटाको सम्योजकत्वमा त्यस तर्फ गएको सो आरोहण दलमा ,नेपाली खगोलवैज्ञानिक राजन क्षेत्रि , अर्का वैज्ञानिक तथा मौसमविद  विमल के. सि,सन्चारकर्मी एवम् नेपाली पत्र अस्ट्रेलियाका  सम्पादक ॠषि आचार्य ,लेखक,साताको साहिसाहित्य डट कम का सम्पादक  तथा लोकप्रिय  युवा कवि  निस्प्रभ  सजी , ब्यङ्ग विधाका लेखक  सन्जिव पाण्डे र कवि तथा गजलकार  प्रदिप चापागाइँ रहेका थिए।

अस्ट्रेलियाको स्नोई पर्वतमाला अन्तर्गत कोजुअसको सबैभन्दा अग्लोअर्थात अस्ट्रेलियाको सगरमाथा मानिन्छ । अस्ट्रेलियाकोसबै ५  अग्ला हिमालमा कोजुअसकोसबैभन्दा अग्लो हो । पोलिश आरोही एडमण्डले सन १८४० मा सो टाकुराको प्रथम अन्वेषण गरेकाले उनको सम्झनामा पोलिश भाषामा सो हिमालको नाम कोजुअसको राखिएको हो ।

समुद्र सतह बाट करिव ७३१० फिट उचाइको सो पर्वतआरोहणका  लागि प्रस्थान गर्नु पूर्वनेपाली  राजदुतावासले एक कार्यक्रमको आयोजना गरि नेपालको पहिचानलाई अस्ट्रेलियामा उचो पार्नथालिएको यस पुनित कार्यक्रमको  स्रर्हाना गर्दै राजदुत रुद्र नेपालले आरोहि हरूलाई नेपाली झण्डा हस्तान्तरण गर्नु भएको थियो। सो अवसरमा उँहाले प्रवासमा रहेका नेपाली सचेत युवाहरूले चालेकोयस गरिमामय कार्यले नेपालको छवि  मात्र होईन नेपाल र अस्ट्रेलिया विचको कुटनीतिक र पर्यटकिय सम्बन्ध समेत मजवुत हुने बताउनु भयो। उँहाले नेपालीहरू जँहा रहे पनि मातृभूमि को मायाले घनिभुत भई देशलाई आ- आफ्नो स्थान बाट सघाउने परम्परा रहि आएको बताउनु भयो ।

यसैगरी सो दुतावासका तर्फवाट कौन्सलर लोक बहादुर थापा रसेकेन्ड सेक्रेटरी पारस पंडित समेत  ले समेत पर्वतारोही हरूलाई सफलताको शुभकामना दिनु भएको थियो। यस पुर्व एन एसडब्लु महावाणिज्यदुतको कार्यालय मा पनि आरोही हरूलाई एक विदाइ कार्यक्रमको आयोजना गरि नेपाली झन्डा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा महावणिज्यदुत दिपक खडकाले देश प्रेम हामि जहाँ रहे पनि रहि रहने बताउंदै आरोहीहरूको सफलतामा नेपाली अस्तित्व र पहिचान गासिएको  बताउनु भयो ।यस्तै उंहाले नेपालको  प्रवर्द्दनमा चालिएका सबै गतिविधिमा माहावाणिज्यदुतावास आत्मियताका साथ सरिक हुनेबताउनु भयो।

कार्यक्रममा नेपाल् पर्यटन वोर्डका पूर्व अस्ट्रेलिया प्रतिनिधि तथा एन आर एन अस्ट्रेलियाका सँस्थापक  अध्यक्ष मन के, सी , एन आर एन कासल्लाहकार रामजी विस्ट लगायतले पर्वतारोहिहरूलाई सफलताको शुभकामनादिनु भएको को थियो।सो सगरमाथा दिवस कार्यक्रमलाइ  नेपाली दुतावास ,एन स डब्लु महावाणिज्यदुतावासको कार्यालय,असनेपालन्युज अनलाइन समाचार ,र नेपालीपत्रले  आयोजना गरेका थिए ।

नेपालका तेन्जिंग नोर्गे शेर्पा रन्युजिल्याण्डका सर एडमण्ड हिलारीले १९५३ मे २९ का दिन विश्वकोधुरी सगरमाथामा प्रथम मानव पाइला राखेका थिए. यसै ऐतिहासिक दिनको सम्झना गरि नेपालको पर्यटकीय महत्व थप उजागरगर्दै नेपालको पर्यटन प्रचारका लागिअस्ट्रेलियामा यो अभियान थालिएको हो. गत वर्ष पनि दुतावास, महावाणिज्यदुत को कार्यालय र असनेपालन्युजकोआयोजनामा सो दिवस मनाउनेक्रममा संचारकर्मी भीमसेन सापकोटा र वैज्ञानीक राजन क्षेत्रीले  नेपाली झण्डालाई १४ हजार फिटको उचाइबाट स्काई डाइभिन्ङ गरि  फहराइएका  थिए ।

तपाइँको प्रतिक्रिया ।