फिल्म 'एटिएम' को प्रोमोले नेपाली फिल्म उधोग को अपमान

केहि समय अगाडी सार्वजनिक भएको फिल्म ‘एटिएम’ को प्रोमोले नेपाली फिल्म उधोग र यसमा काम गर्ने फिल्मकर्मीको अपमान भएको भन्दै नेपाल चलचित्र  निर्माता संघले सो फिल्मका निर्मातालाई स्पष्टिकरण दिन ४८ घण्टे अल्टिमेटम दिएको छ ।

 

संघको आज बसेको बैठकले सञ्चारमाध्यममा छरिएको सो फिल्मको प्रोमो तथा गीतले ध्यानाकर्षण गराएको भन्दै  फिल्मका ति सामाग्रीलाई किन रोक लगाउने  भन्ने बारे निर्माता स्वयं उपस्थित भई  चित्त बुझ्दो लिखित स्पष्टिकरण दिन पत्र काटेको हो  । यदि निर्माताले चित्त बुझ्दो स्पष्टिकरण नदिएका संघले ति निर्मातालाई साधारण सदस्यबाट निष्काशित गरि फिल्म रिलिजमा प्रतिबन्ध लगाउनेछ । नेपाली समाजमा अराजकता ल्याउन खोज्ने सो फिल्मको बारेमा फिल्मीखबरले निरन्तर फलो पनि गरिरहेको छ ।

 

यस्तै  आजको बैठकले केहि दिन अगाडी नेपाल चलचित्र विकास बोर्ड र चलचित्र संघ बिच भएको नौं बुँदे सहमतीको ५ र ६ बुँदामा आफ्नो गम्भिर आपत्ति भएको जनाउँदै आईतवार बोर्डमा डेलिगेसन जाने निर्णय गरेको छ । यहि बोर्डले सो निर्णयमा हेरफेर नगरेमा संघले त्यसको बिरोध गर्दै आन्दोलनमा जाने चेतावनी दिएको संघका सचिव सुरेश दर्पण पोखरेलले बताए । यसैगरी   बैठकले चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरमा बन्दै गरेको मल्टिप्लेकस हलका लागि ३ करोड बराबरको अमेरिकाबाट ल्याईएको साउन्ड सिस्टम र ब्रसेल्सबाट ल्याईएका प्रोजेक्टरलाई भन्सार छुट गराउने बहानामा बोर्ड कर्मचारी निलहरी काफ्लेले एक लाख घुष खाएको खबर बाहिरिए पछि  तीन सदस्यिय छानबिन समिती गठन गरेको छ । संघका उपाध्यक्ष उदय सुब्बाको संयोजकत्वमा गठित छानबिन समितीमा  सचिव सुरेश दर्पण र सदस्य गोबिन्द शाही रहेका छन् । उनीहरूले सो घुष काण्डको बारेमा यथासिघ्र सत्यतथ्य कुरा बाहिर ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।