एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

जनजाति मधेशी नेताहरुबाट बैठक वहिस्कार

२० जेठ, काठमाण्डौँ । पछिल्लो वदलीदो परीस्थितीका विषयमा आवस्यक निर्णय लिनको लागि नेकपा एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । पार्टीभित्रको देखिएको विभिन्न विवाद र समसामयिक राजनीतिक परिस्थितिबारे धारणा तयार पार्न पोलिटब्यूरो बैठक हिजोदेखि सुरु भएको हो । बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम बाँकी रहेकोले आज पनि जारी रहने एमालेले जनाएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा सुरु हुने छ ।

यसैबीच पहिचानको मुद्दामा पार्टीले गम्भीरता नदेखाएको र अधिकार प्राप्ती गर्ने समयमा धोका दिएको भन्दै आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेताहरू भने पोलिटब्युरो बैठक बहिस्कार गरेका छन् । पोलिटब्युरोको बैठकमा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा तथा विजय सुब्बालगायतका नेताहरू अनुपस्थित रहनुभएको छ । जातीय पहिचानका आधारमा सङ्घीयतामा जान आफ्नो पार्टी तयार नभएकोले संविधानसभा नै भङ्ग हुनपुगेको उनीहरूको आरोप छ । आफ्नै पार्टीका नेता सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष रहेको भए पनि अन्तिममा सभाअध्यक्षले नै वैठक नवोलाएर ठुलो घात गरेको उनिहरुको आक्रोश रहेको छ ।

तपाइँको प्रतिक्रिया ।