अनुदानमा वितरण गरिएका गाईपालनको अवस्था बुझ्न स्थलगत अनुगमनमा शंखरापुर नगर प्रमुख रमेश नापित
कपन अनलाइन
काठमाडौं बैशाख ३० । शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित सहितको टोलीले अनुदानमा वितरण गरिएका गाईपालनको अवस्थाको स्थलगत अनुगमन गरेका छन् । सोमबार ४ वटा वडामा गएर नगरपालिकाले युवा कृषकलाई स्वरोजगार बनाउँने उदेश्यले कृषि अनुदान अन्तर्गत कृषकलाई वितरण गरिएको गाईको अनुगमन गरेका हुन्।
शंखरापुर नगरपालिकाले संचालन गरेको ग्रामिण युवासंग मेयर कार्यक्रम अन्तर्गत अनुदानमा वितरण गरिएका गाई पालनको अवस्था, कृषकको जिवनस्तरमा आएको परिवर्तन बुझ्नका लागि अनुगमन गरिएको हो । अनुगमनमा नगरप्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, नगरप्रवक्ता तथा वडा नं ६ का वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठ, कृषि शाखा प्रमुख सिता गुरागाँई, पशुशाखा प्रमुख गङ्गा वहादुर थापामगर, पशु शाखा उप प्रमुख गीता तिमिल्सीना लगायतको उपस्थिती रहेको थियो ।अनुगमनको क्रममा नगर प्रमुख नापितले ल कृषकसंग भेटि गोठ सुधारको अवस्था निरिक्षण गर्नुको साथै नगरपालिकाले पशुपालनमा गर्न सक्ने अन्य सहुलियतका कार्य गरिरहेको बारे जानकारी दिएका थिए । नगरको समृद्धीको आधार कृषि र पर्यटन भएकोमा जोड दिदै उनले पशुपालन र कृषिको विकासलाई नगरले विशेष जोड दिएको बताए ।
अनुगमनमा पशु विकास शाखा प्रमुख गङ्गा बहादुर थापामगर र उपप्रमुख सिता गुरागाईँले कृषकहरुलाई पशुहरुलाई लाग्न सक्ने रोग र त्यसको समाधानका उपायहरु कृषकलाई जानकारी दिएका थिए । अनुदानका लागी ६४ वटा आवेदन आएकोमा नगरपालिकाले यो आर्थिक बर्षमा २० जना कृषकहरुलाई अनुदान दिएको थियो । विपन्न, ५० बर्ष मुनिका र विदेशबाट फर्किएर कृषि कर्ममा लागेका कृषकहरुलाई गाई अनुदानमा दिएको नगरपालिकाले जानकारी दिएको छ ।