बुढानिलकण्ठको कार्यपालिका बैठक: प्राविधिकहरुका वारेमा तीव्र असन्तुस्टी

बुढानिलकण्ठको कार्यपालिका बैठक: प्राविधिकहरुका वारेमा तीव्र असन्तुस्टी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकमा प्राविधिकहरुको कामका वारेमा सदस्यहरुले तीव्र असन्तुस्टी प्रकट गरेका छन।

बैशाख २५ गते बसेको नगर कार्यपालिकाको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नगरपालिकाको कार्यसम्पादनमा प्राविधिकहरुको लापरवाही र काम प्रतिको उदासिनताले गर्दा अशर परेको भन्दै सचेत गराउनु पर्ने माग राखेका थिए।

नगरपालिकामा भएका विकास निर्माण र जनता संग प्रत्यक्ष जोडिएका निर्माण सम्पन्न र फिल्ड निरीक्षण लगायतका कामहरुमा प्राविधिकहरुका कारण धेरै नै गुनासो बढेको भन्दै यस वारेमा ठोस कदम चाल्नका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेको श्रोतले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माण,भावी योजना ,दिर्घकालिन र अल्पकालिन पूर्वाधार निर्माणको रेखा कोर्ने महत्वपूर्ण प्राविधिक शाखा अहिले गुनासाहरुको चाङ्गमा विराजमान भएको चर्चा नगरपालिकामा हुन् थालेको छ।

बुढानिलकण्ठ नगरपालिकाका जनताको सेवा ,काम र आन्तरिक तयारीलाई तीव्रता दिनु पर्ने सो शाखाका केहि कर्मचारीले प्रदेस सभा सदस्यहरु, राजनीतिक दलका केहि नेता,जनप्रतिनिधी, नगरपालिकाका सल्लाहकार र हाकिमलाई रिझाउने काममा बढी सक्रिय हुन् थाले पछी गुनासाको मात्रा झनै तीव्र बनेको एक कर्मचारीले बताए।

नगरपालिका भित्र निर्माण हुने घर नक्सा पास,योजनाहरुको लागत इस्टिमेट,टेण्डर आव्हान,डीपीआर निर्माण र जग्गा विकासको स्वीकृति जस्ता महत्वपूर्ण काम गर्ने जिम्मेवारी पाएको सो शाखाका कर्मचारीहरुको काम चलाउ तरिकाले नगरपालिकाको कार्य सम्पादनमा नै अशर पुगेको एक जनप्रतिनिधि बताउछन।

नगरपालिकाको सो  शाखा बाट सबै भन्दा बढी पिडित बनेको गुनासो बोकेर आउनेमा उपभोक्ता समितिहरु रहेका छन भने त्यो संगै जोडिएर ठेकेदारहरु आउने गरेका छन।

प्राविधिक शाखा प्रति अनौपचारिक छलफलमा बिस बमन गर्ने ठेकेदारहरु भोलि काममा झमेला हुने डरले चु सम्म गर्न नसकेको बताउदै ति जनप्रतिनिधिले गुनासा,आरोप र आलोचनाले उक्त शाखाको कार्य प्रगतिको गतिमा प्रभाव पारेको धारणा राखेका छन।

प्राविधिक शाखालाई जनप्रतिनिधिहरुले पनि भनेको बेलामा आफ्नो काम गराउनु पर्छ भन्ने लोभले खासै नियमन र कडाइ गर्न नसकेको अवस्थामा सो शाखाका कर्मचारीहरुमा निकै फुर्ति बढेको चर्चा अहिले नगरपालिका भरि चल्ने गरेको छ।

त्यस्तै नगरपालिकाले नगर परिषद ,वडा,कार्यपालिका र उपभोक्ता समितिले सिफारिस गरेका योजनाहरुको प्राविधिक तयारी समयमा नहुँदा जनप्रतिनिधिहरुको ट्रयाक रेकर्ड नै बिग्रिने अवस्था आउँदा पनि जनताले बुझ्ने र देख्ने गरी कुनै कदम चाल्न  नसक्नु निकै अर्थपूर्ण रहेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।