म : पदम दाहाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६ ।
मभित्रै छ यहाँ यौटा अर्काे ‘म’ किन गम्छ ऊ ?
गमक्क गम्किई लुक्छ ‘म’भित्रै छ म के गरूँ ?।१।
अधीनस्थ गराएर पौरस्त्य बनी ढुक्छ ऊ
आत्मालाई पगालेर शब्द झङ्कार झिक्छ ऊ ।।२।
अद्वैत बन्छ रे फेरि वेद वेदान्त मान्दछ
बम्कन्छ ब्रह्म ‘मै’ सत्य भन्दै बाँकी निखन्दछ ।।३।
कहाँ थियो ? कहाँ बस्थ्यो ? जाला भोलि कहाँ भन ?
रमायो कसरी मेरो आत्मा माझ बसीकन ? ।।४।
छुट्छ रे जीव छोडेर उड्छ त्यो प्राण गैकन
देह त्यागेर निर्वस्त्र पारी पुग्छ कहाँ भन ?।५।
जता वास बसोस् जेमा शक्ति सृष्टि विभेदन
प्राण प्राणान्त थाम्नैछ फर्किदे मातृगर्भमा ।६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।