संविधानसभाको निर्वाचन सम्भव छैन्: एमाले नेता गौतम

२० जेठ, धादिङ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानसभाको निर्वाचन युगमा एक पटक मात्र हुने भएकाले संविधानसभाको निर्वाचनको कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । 

प्रेस युनियन धादिङले आज धादिङबेसीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति बाहेक अन्य विकल्प नभएकाले राजनीतिक सहमति र गोलमेच सम्मेलन गरेर अगाडि बढ्नुपर्ने विचार राखेका थिए । गौतमले एमाले समेत माओवादीको भुलभुलैयामा पर्दा संविधानसभाको विघटन भएको बताउँदै माओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । माओवादीले यसैका लागि संविधानसभा विघटन गरेको आरोप लगाए ।
एक फरक प्रसंगमा बोल्दै उनले एमालेका आदिवासी जनजाति नेताहरुले पार्टी परित्याग गर्न लागेको स्विकार्दै जनजाति नेताहरुले पार्टी कमिटिमा आफ्नो स्पष्ट कुरा नराखेको बताए । एकल जातीय पहिचानका आधारमा संघियतामा जाँदा जातीय सद्भाव भड्किने खतरा भएकाले एमालेले बहुजातीय साझा पहिचानको पक्षमा लागेको बताए । माओवादीले एकल जातीय कुरा उठाएर एमालेमा संकट ल्याएको आरोप लगाउँदै गौतमले त्यो रोग विस्तारै माओवादीमा पनि सर्ने जिकिर गरे ।
तपाइँको प्रतिक्रिया ।