बुढानीलकण्ठ-२ बदेलीबाट ठुलो परिणाममा नियन्त्रित लागूऔषध सहित तिन जना पक्राउ
कपन अनलाइन
काठमाडौं, बैशाख १८।
बुढानीलकण्ठ नगरपालिका -२ बदेलीबाट ठुलो परिणाममा नियन्त्रित लागूऔषध सहित तिन जना पक्राउ परेका छन।
सो स्थानबाट २ सय ३ एम्पुल डाईजेपाम, २ सय २ एम्पुल नुफिन , २ सय १४ एम्पुल फेनारगन , ७ सय ९ गोटा Nitrazepam Tablets र नगद पचास हजार सहित बर्ष २२ , बर्ष २३ र बर्ष १९ का तिन जनालाई शनिबार बिहान ७:३० बजे प्रहरी प्रभाग बुढानीलकण्ठका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र बहादुर चन्द सहितको प्रहरी टोलिले पक्राउ गरेको थियो ।
प्रहरी प्रभाग बूढानीलकण्ठको एरियामा लागु औषध बेचबिखन तथा ओसारपसार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा निजहरू बसोबास गर्ने घरको खानतलासि गर्ने क्रममा निजहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।