काठमाण्डौ क्षेत्र नं २ मा छाप भन्ज्याङ सडकको बेहाल,सवारी साधन र यात्रुहरुलाई सास्ती
कपन अनलाइन
काठमाडौं, बैशाख १८।
काठमाण्डौ क्षेत्र नं २ को शंखरापुर नगरपालिका वडा नं १ मा रहेको साँखु -फट्क श्वर सडक अन्तर्गत छाप भञ्ज्याङ् मा रहेको सडकको दुरावस्थाका कारण सवारी साधन र यात्रुरुहरुलाई सास्ती पाएका छन।
सो क्षेत्रमा वर्षात पश्चात सडकमा रहेको हिलोका कारण दर्जनौ सवारी साधन फसेका छन भने सयौ यात्रुहरु अलपत्र परेका छन। लामो समयदेखी सडक निर्माणाधीन रहे पनि समयमा नै काम सम्पन्न नहुँदा सो सडक प्रयोग गर्नेहरुले निकै सास्ती खेप्नु परेको स्थानीयहरुले बताएका छन।
काठमाण्डौलाई सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेग जोड्ने महत्वपूर्ण मार्गका रुपमा रहेको सो सडकका कारण सो क्षेत्रको आर्थिक र सामाजिक जीवनमा समेत अशर पुगेको भन्दै स्थानीयहरुले तुरुन्त सडक निर्माणको माग समेत गरेका छन । फोटो : सुशील सुबेदी
तपाइँको प्रतिक्रिया ।