धादिङको धुनीवेशी नगरपालिका ६ धार्केमा यतिबेला सवारी साधन १ लेनमा आलोपालो चल्न सुरू
कपन अनलाइन
काठमाडौं, बैशाख १८।
काठमाडौं, बैशाख १८।
धादिङको धुनीवेशी नगरपालिका ६ धार्केमा यतिबेला सवारी साधन १ लेनमा आलोपालो चल्न सुरू गरेका छन् ।
हिजो भासिएको पुलमा जालिभित्र ग्याविन भरी ग्राबेल गरेर १ लेनमा सवारी साधनलाई आलोपालो चलाउन थालिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
हिजोदेखी रोकिएका सवारी साधन १ लेनमा आलोपालो चलाइएकाले सवारी चापको अवस्था सिर्जना भएको छ ।
अहिले पनि २ ओटा स्काइभेटर, एउटा क्रेन र एउटा रोलरको सहायतामा पुल मर्मतको काम भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।