बुद्धिचालका नेपाल च्याम्पियन बंगलादेश प्रस्थान

बुद्धिचालका नेपाल च्याम्पियन बंगलादेश प्रस्थान

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

बंगलादेश चेस फेड्रेशनको आयोजनामा बैशाख १९ देखि २८ गतेसम्म बंगलादेशको ढाकामा हुन गइरहेको एशियन जोनल ३.२ चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरि फिडे मास्टर रुपेश जैशवाल वोमेन फिडे मास्टर सुजना लोहनी सोमवार बंगलादेश प्रस्थान गरेका छन्।

यही महिनामा काठमाडौमा सम्पन्न  भएको नेेेशनल च्याम्पियनशिपबाट नेपाल च्याम्पियन  हुन सफल हुनु भएका रुपेश र सुजनाले बंगलादेश , मालदिप्स , श्रीलंका , पाकिस्तान र भुटानका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्नेछन् ।

खुल्ला तर्फ उत्कृष्ट लयमा रहेका २१४९ रेटेड खेलाडी रुपेश बाह्रौं वरियतामा रहेर खेल सुरु गर्नेछन् भने महिलातर्फ नवौ स्थानमा रहेर १७४३ रेटेड खेलाडी सुजनाले खेल सुरुवाट  गर्ने छिन्।

बुद्धिचालको वर्ल्ड कप छनौट साइकलको रुप रहेको प्रतियोगिता नेपालले दुई पटक आयोजना गरिसकेको छ।खेलाडीहरुलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुर प्रसाद गौतम  सफलताको शुभकामना सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे।

तपाइँको प्रतिक्रिया ।