लियो क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी डिस्ट्रिक प्रेसिडेन्टमा लियो रोजन श्रेष्ठ

लियो क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी  डिस्ट्रिक प्रेसिडेन्टमा लियो रोजन श्रेष्ठ

कपन अनलाइन

काठमाडौं बैशाख १९ ।

लियो क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी को  तेस्रो   महाधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौं सिमलटार स्थित स्थित सिद्धार्थ  बुटिक होटेलमा डिष्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त  तेस्रो सम्मेलनमा  प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल ,जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला लगायत  लियो   लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त अधिबेसन बाट लियो क्लब अन्तराष्ट्रिय ३२५ डी  को वर्ष २०२३/२४ का लागि  डिस्ट्रिक  प्रेसिडेन्ट पदमा   लियो रोजन श्रेष्ठ चयन भएका  छन ।   श्रेष्ठ संगै  फस्ट भाइस  डिस्ट्रिक  प्रेसिडेन्टमा लियो मिलन शाही  निर्वाचित भएका छन ।

त्यस्तै गरि डिस्ट्रिक सेक्रेटरीमा लियो पल्पसा श्रेष्ठ र डिस्ट्रिक ट्रेजरर मा लियो पुस्कर श्रेष्ठ चयन भएका छन ।  कार्यक्रममा बोल्ने बक्ताहरुले लियो क्लव  डिस्ट्रिक ३२५ डी लाइ उत्कृष्ठ क्लवका रुपमा स्थापित गराउन नयां समितिले सङख्यात्मक कार्यक्रम भन्दा पनि गुणात्मक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।