मध्यपश्चिम विश्वविद्यालयविरुद्धको आरोप पुष्टि गर्न राष्ट्रियसभा सदस्य विष्टलाई भिसी सिंहको चुनौती

कपन अनलाइन
काठमाडौं,  वैशाख१७ ।

मध्यपश्चिमविश्वविद्यालयले राष्ट्रिय सभासदस्य नरबहादुर विष्टले भ्रामक र तथ्यहीनअभिव्यक्तिदिएको भन्दै खण्डण गरेको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी विश्वविद्यालयकाउपकूलपतिप्रा.डा नन्दबहादुर सिंहले सांसद विष्टकोअभिव्यक्तिमाकुनै सत्यतानभएको दाबी गरेकाहुन् । साथै, उक्तआरोपहरु प्रमाणितगर्नसमेत उनले विष्टलाई चुनौतिदिए ।
राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले गत वैशाख १५ गतेको राष्ट्रिय सभा बैठकमा भिसीले विश्वविद्यालयलाई प्राइभेट कम्पनीबनाएको, अर्थमन्त्रालयको निर्देशनविपरित विज्ञापन गरेको, स्विकृत दरबन्दी भन्दाबढी कर्मचारी नियुक्ति गरेको, सेलेबस नै नभएको विषयअध्यापन गराएको, कार्यालय सहयोगीमानियुक्त गरेको मान्छेलाई सुब्बाहुँदै अधिकृत बनाएको, भिसीले काठमाडौंमा बसेर करोडौंको डिल गरिरहेकोलगायतकाआरोप लगाएकाथिए । सो क्रममाउनले छानविनका लागि सरकारको ध्यानाकार्षण गराएकाथिए ।
भिसी सिंहले राष्ट्रिय सभा सदस्य विष्टको अभिव्यक्ति खण्डण गर्दै आफूहरुले सन् २०१५ देखिनै आईटी पढाउन थालेको स्पष्ट पारे । अध्ययनको शिलशिलामावर्षेनी अरबौं रुपैयाँविदेश गइरहेको बेलाआफूहरुले आईटी, मेडिकल साइन्स, फरेस्टीलगायतका विषयमाअध्यापन सुरु गरेको उनले बताए ।
‘संसारकानयाँविषयहरु आईटीको क्षेत्रमा, मेडिकल साइन्सको क्षेत्रमा, ईन्जिनियरिङ, एग्रिकल्चर र फरेस्टीको क्षेत्रमानयाँ–नयाँविषयलिएर हामीले हावार्ड, अक्सफोर्ड विश्वविद्यालयकाआईटीका विषयहरु नेपालमा पढाउने गरेर सुरुवातगर्यौं । मध्यपश्चिमविश्वविद्यालयले सन् २०१५ देखि आईटी पढाउन सुरू गरेको छ,’– उनले भने ।
राष्ट्रिय सभा सदस्य विष्टको विश्वविद्यालयनिजीकम्पनीबनाएको र करोडौंको डिल गरेको आरोपमाउनले खण्डनगर्दै आफूले नै विश्वविद्यालयको भ्रष्टाचार नियन्त्रणका लागिकार्यविधिबनाएको र आफूले नेतृत्वलिँदैगर्दा साढे चालिस करोड बेरुजु रहेको विश्वविद्यालयमाअहिले आफूले घटाएर तीन करोड ५२ लाख रुपैयाँमाझारेको बताए । नेपालकाविश्वविद्यालयहरुमा सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालयमध्यपश्चिमविश्वविद्यालयभएको उनको दाबी छ ।
‘म जाँदामध्यपश्चिमविश्वविद्यालयमा साढे चालिस करोड बेरुजु थियो । आजत्यो बेरुजुतीन करोड ५२ लाख रुपैयाँमाआएको छ । नेपालकाविश्वविद्यालयमध्ये सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय यो हो । त्यसकालागिपूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मलाई धन्यावाददिनु भएको छ,’– उनले भने ।
मध्यपश्चिमविश्वविद्यालयलाई ध्वस्तबनाउनकांग्रेस, एमाले र माओवादीका केही नेताहरु विगत १२ वर्षदेखि निरन्तर लागिरहेको उनको भिसी सिंहको आरोप छ । आफू उनीहरुको षड्यन्त्रविरुद्ध निरन्तर संघर्षरत रहेको उनले बताए । एमाले, माओवादी र कांग्रेसका केही मान्छेहरु दिउँसो तीनवटा झण्डामा देखिएपनिबुलुकी आठ बजेपछि एउटै झण्डामा एकीकृत हुने उनको आरोप छ ।
‘कांग्रेस,एमाले र माओवादीका केहीतत्वहरु दिउँसो तीनवटा झण्डा देखाउने, बेलुका आठ बजेपपछि एउटै झण्डमा बस्ने अनिविश्वविद्यालयध्वस्तगर्ने । १२ वर्षदेखि त्यो विश्वविद्यालयध्वस्तबनाउने समूह छ । त्यो समूहअहिले पनिजीवित छ । म त्यसका विरुद्धमा लगातार लडिरहेको छु । म जाँदामध्यपश्चिमविश्वविद्यालयमा साढे चालिस करोड बेरुजु थियो । आजत्यो बेरुजुतीन करोड ५२ लाख रुपैयाँमाआएको छ । नेपालकाविश्वविद्यालयमध्ये सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय यो हो । त्यसकालागिपूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मलाई धन्यावाददिनु भएको छ,’– उनले भने ।
राष्ट्रिय सभा सदस्य विष्टले तत्कालीन समयमा महायज्ञबाट १० करोड उठेको दाबी गरेपनिविश्वविद्यालयले भने पाँच करोड रकम उठेको र बाँकीकबुलियत गरेको रकम उठ्ने प्रक्रियामा रहेको बताएको छ ।
‘२०५२ सालमा महायज्ञमार्फत रू. १० करोड चन्दा उठेको प्रसंगमातत्कालिन महायज्ञ समितिद्वारा रू.५ करोड रकम उठाई विश्वविद्यालयको खातामाजम्मा गरेको र बाँकीकबुलियतगरिएका रकमहरु उठ्ने प्रक्रियामा रहेको,’– विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय सभा सदस्य विष्टले विश्वविद्यालयनिजीकम्पनीबनाएको आरोपको खण्डण गर्दै विश्वविद्यालयले विश्वविद्यालयको ऐन, नियमतथाकार्यविधीबमोजिमनियमअनुसार कार्यकारी परिषद्द्वारा सर्वसम्मत् निर्णयहरु गरीकार्यान्वयनगर्ने गरिएकोबताएको छ ।
आफूखुसी१०० को हाराहारीमा विज्ञापन गरिएको भन्ने राष्ट्रिय सभा सदस्य विष्टको आरोपमाविश्वविद्यालयले डीनको कार्यालयको सिफारिसको आधारमा डीन कार्यालय मातहतकाविभाग, स्कुलतथाआंगिकक्याम्पसहरुमा पठनपाठनको लागि र तत्कालीनआवश्यकता परिपुर्तिकालागि केहीविषयहरुमाआंशिक र केहीविषयहरुमाआन्तरिक स्रोत तर्फको करारमा शिक्षण तथाप्रशासनतर्फ गरी चालु आ.व. २०७९÷०८० मा ३५ जनाभन्दाकम संस्थामाखुला विज्ञापन आह्वानगरिएको बताएको छ । उक्त विज्ञापन आन्तरिक स्रोत तर्फको विज्ञापन भएकोले अर्थ मन्त्रालयको स्वीकृतिआवश्यकनपर्ने विश्वविद्यालयको दाबी छ । कार्यालय सहयोगीमानियुक्त गरी सोहीव्यक्तिलाई सुब्बामानियुक्तीगरिएको र पुनःउक्तव्यक्तिलाई अधिकृतमानियुक्तीगरिएको भन्नेआरोपमाउक्तआरोप पुष्टी गर्नसमेत चुनौतिदिइएको छ ।
केही संकायका डीनहरु नियुक्तनगरिएको विषयको सन्दर्भमाआ.व. २०७८÷०७९ मागरिएको डीनहरुको विज्ञापन सम्माननीयप्रधानमन्त्रीएवं मन्त्री परिषद्को कार्यालयको पत्रानुसार विज्ञापन स्थगनगरिएको र छानवीन समितिको प्रतिवेदनकाआधारमा सम्माननीयप्रधानमन्त्रीएवं मन्त्री परिषद्को कार्यालयको पत्रानुसार पुर्बवत विज्ञापनका प्रक्रियाहरुमानिरन्तरतागरिएको ।
साथै, उपकूलपतिले काठमाडौं बसेर करोडौंको डिल गरेको आरोप पुष्टि गर्नसमेत राष्ट्रिय सभा सदस्य विष्टलाई चुनौतिदिइएको छ । उनले लगाएकाआधारहीनएवं कपोकल्पीत मनगढन्ते आरोपले उनको विश्वसनीयतामाथिप्रश्नचिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ ।
‘रेष्टुरेन्टहरुमा बसेर करोडौँको डिल गरी घुस लिने योजनाबनाएको भन्ने अभिव्यक्तिका सन्दर्भमा राष्ट्रिय सभाकामाननीय सभासद नरबहादुर विष्टज्यूलाई उक्तविषयको प्रमाण सहित पुष्टी गर्न र कुन रेष्टुरेन्टमा, को संग, कुन समयमा, कोको बसेर कुनमितिमा, कति रकम, कुन माध्यमबाट लेनदेन गर्ने डिल गरिएको हो स–प्रमाण सहित पुष्टी गर्न र प्रमाणसहितको उजुरी गर्न अनुरोध छ,’– विज्ञप्तिमा भनिएको छ ।
आफू विश्वविद्यालय सुधारकालागि नै आएको उनको दाबी छ । भ्रष्टाचारको विरुद्धमाशुन्य सहनशीलता र पारदर्शीताआफ्नो मूलमन्त्रभएको उनले बताए ।
‘मेरो एकजना छोरी छन्, छोरा छैन । मध्यपश्चिमविश्वविद्यालयलाई छोरा बनाउछु भनेर आएको हुँ । मेरो आमा र बुबाहुनुहुन्नउहाँको नाममा भन्छु– एक रुपैयाँ भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार गर्छु गर्दिन त्यहाँकाजनतालाई सोधे थाहा हुन्छ,’– भिसी सिंहले भने ।
मध्यपश्चिमविश्वविद्यालयको सबै ठिम खुल्लाप्रतिस्पर्धाबाट बनेकोसमेत उनको दाबी छ । खुल्लाप्रतिस्पर्धाको सुरुवात नै मध्यपश्चिम विश्वविद्यालयबाट सुरुभएको उनको भनाई छ ।
शिक्षा, खेलकुद, स्वास्थ्य, नेपालको शैक्षिकनिकायलाई राजनीतिकरण र न्यायलयलाई राजनीतिकरणबाट मुक्तगर्न पनिउनले राजनीतिकदललाई आग्रह गरे ।
यस्तो थियो राष्ट्रिय सभा सदस्य विष्टले विश्वविद्यालयको विरुद्धमा दिएको अभिव्यक्ति

‘कर्णालीप्रदेशको एउटामात्रै विश्वविद्यालय छ, मध्यपश्चिमविश्वविद्यालय । २०५२ सालमात्यहाँकाजनता नेपालगञ्ज र सुर्खेतको कहाँ राख्ने भन्ने विवादमालामो संघर्षपछि त्यहाँकाजनताले महायज्ञ गरेर व्यक्तिगत ढंगले १० करोडजतिहामीले चन्दा उठायौं र ६५ सालमा सम्माननीयप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ हुँदाखेरी त्यो विश्वविद्यालय स्थापनाभयो । आजत्यो विश्वविद्यालयनीजिकम्पानीजस्तो बनाइएको छ । नेपाल सरकारको अर्थमन्त्रालयले अहिले त्यहाँकुनै पनिकिसिमको पद सिर्जनानगर्ने, दर्बन्दीसिर्जनानगर्ने भन्ने निर्देशनदिँदै गर्दा पनिकरिब एक सय हाराहारीको त्यहाँ विज्ञापन सुरु हुँदैछ । विज्ञापनगरिएको छ । त्यहाँ आठवटा विषयमाएफिलेसनदिइँदैछ । भिसी काठमाडौंमा बसेर प्राइभेट कजेजसँग डिल गरिराखेका छन् । करोडौंको डिल गरिराखेका छन् । जुनविषयत्यहाँ पढाइनै हुँदैन, त्यसको सेलेबस नै छैन, भिसीले काठमाडौं बसेर डिल गरिराख्नु भएको छ । विद्यार्थी रिलेअनशनमा छन् । प्राध्यापकले तालालगाएका छन् । तर, विश्वविद्यालयउहाँको व्यक्तिगतनीजिकम्पनीजस्तो बनाएर आफन्तलाई, एउटा उदाहरुण पहिलाउहाँले एउटा कार्यालय सहयोगीनियुक्तिगर्नुभयो । त्यसपछित्यहीकार्यलय सहयोगीलाई सुब्बामानियुक्तिगर्नुभयो । त्यसपछि त्यहीकार्यालय सहयोगीलाई अधिकृतमानियुक्तिगर्नुभयो । जुनविश्वविद्यालयको ऐन भन्दाविपरित उहाँले नियमावली परिवर्तन गर्ने, कार्यविधिबनाउने कार्य कानुनअनुसार कुनैपनिहालतमाहुँदैन । २५ जना डाक्टर ल्याउने भन्ने नाममाकुनै विषयनखुलाइएर उहाँले विज्ञापन गर्नु भएको छ । अहिलेसम्मत्यहाँ डिन नियुक्तिगर्नु भएन । उहाँले भन्नुहुन्थो पहिला– यो विश्वविद्यालयनीजीकरण गर्ने होइन । आजउहाँजाँदाजाँदै विश्वविद्यालयनीजीकरण गर्दै हुनुहुन्छ । व्यापारीकरण गर्दैहुनुहुन्छ । उहाँले बेच्दैहुनुहन्छ, कर्णालीवासीजनताको रगत र बलिदानबाट हामीले स्थापना गरेको विश्वविद्यालयकुनै लगानीनभएर आफू प्रोफेसर जापनमा पढेको भन्ने तर, विश्वविद्यालय डामाडोल अवस्थामा छ । वार्षिक नौ करोड घाटामा छ । आन्तरिकश्रोत सुनिश्चित छैन । अर्थमन्त्रालयले दर्बन्दीदिएको छैन । त्यहाँकरिब साढे चार सय स्विकृत दर्बन्दी छ । तर, करिब छ सयदेखि सात सय मान्छे छन् । तीन सयदेखि चार सय थपगरिएको छ । त्यो विश्वविद्यालयमा यथाशीघ्र छानविन गरियोस् ।’

तपाइँको प्रतिक्रिया ।