श्री बौद्धनाथ क्षेत्र विकास समितिले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै
कपन अनलाइन
काठमाडौं, बैशाख १६ । भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्ने भएको छ ।
बुद्द जयन्तिको पुर्व सन्ध्यामा बैशाख २० गते बिहान काठमाडौंको बौद्धनाथ परिसर बाट दोलखा जिल्लाको शैलुङ सम्म शान्ति दौड आयोजना गर्ने भएको हो ।
पर्यटन प्रवर्द्धन गर्नुको साथै शान्ति र अहिंसाको संदेश फैलाउने उदेश्य सहित विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौंको बौद्धनाथ बाट दोलखा जिल्लाको शैलुङ सम्म शान्ति दौड गर्न लागेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कपन अनलाइनलाइ जानकारी गराए ।
दौडमा राष्ट्रिय धावक रत्न तुलाधर, दामोदर बुढामगर, रेम बुढामगर, महेन्द्र बज्राचार्य, शेर बहादुर थारु, जयराम लामा, राधा श्रेष्ठ,नितु तामाङ, दिपक शाक्य गरि दश जना धावक सहभागी हुने समेत अध्यक्ष लामाले जानकारी गराए ।उनले त्यसको सम्पूर्ण तयारी पुरा भएको समेत जानकारी गराएका छन ।
त्यसै गरि उनले सोहि दिन बिहान ९ बजे बौद्ध नाथ परिसरमा अन्तर बिद्यालय बुद्ध र बौद्धनाथ सम्बन्धी चित्रकला प्रतियोगिता समेत गर्न लागिएको जानकारी गराए। बिद्यार्थीहरुलाई भगवान गौतम बुद्दको बारेमा जानकारी दिनुको साथै बिध्यालय बीच आपसी भाइचारा र बिद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने उदेश्य सहित काठमाडौं क्षेत्र नं ३ भित्र संचालनमा रहेका बिध्यालयका बिद्यार्थीहरु बीच उक्त प्रतियोगिता गर्न लागेको समेत जानकारी गराए ।
त्यस्तै गरि २०८० साल वैशाख २१ गते बिहान ८ बजे साहित्यिक श्रष्टा सम्मिलित हामो संस्कृति हाम्रो सम्पदा, शान्ति र बुद्द सम्बन्धि कविता बाचन कार्यक्रम समेत आयोजना गर्न लागिएको उनले जानकारी गराएका छन । उनले उक्त कार्यक्रममा बिजेताहरुलाई पुरस्कार सहित सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिने समेत जानकारी गराएका छन ।