रात : गालिया शेचर (कविता )

रात : गालिया शेचर (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

नीलो घेरा पानीमा छ
उनको वरिपरि टाढा टाढा घुम्छ
सुनको पागल औंठी
बाल्यकालको आवाजबाट
हिउँदको काखबाट
हावाको खेलबाट समुद्रको छालबाट
बल्ल अब बुद्धिको पालो आएको छ
सेतो चराहरू उड्छन्
जीवन र समय खोज्दै
तिम्रो र मेरो अस्तित्वको अवधी
सुनौलो समय आउँनेछ
मेरो र तिम्रो

(अनुवादः कमल ढुंगाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।