मेरील्याण्ड इङ्गलिस स्कुलको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेरील्याण्ड इङ्गलिस स्कुलको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको मेरील्याण्ड इङ्गलिस स्कुलको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

बागमती प्रदेसकी शहरी विकास ,मन्त्रि कुमारी तामाङको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न विद्या र प्रतियोगितामा विजयी बनेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

२०६० सालमा स्थापना भएर शैक्षिक उन्नयनमा २० वर्ष योगदान पुर्याएको मेरील्याण्ड इङ्गलिस स्कुल विद्यालय संचालक समितिका अध्यक्ष झलकमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न रचनात्मक र सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो।

दीपज्योति पार्टी प्यालेसमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुबेदी , विभिन्न क्याम्पस तथा विद्यालयका प्रधानाध्यापक,कलाकार सहित अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।