काठमाडौँ महानगरपालिकामा “पुस्तक विहिन शुक्रबार,शिक्षामा सीप” कार्यक्रम शुभारम्भ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४ ।

काठमाडौँ महानगरपालिकामा  “पुस्तक विहिन शुक्रबार, शिक्षामा सीप” शुभारम्भ गरिएको छ । बुधवार  राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले १० विधाका सीपहरुको संकेत चिन्ह सार्वजनिक गर्दै कार्यक्रम थालनी गगरेका हुन्  । शुभारम्भको पहिलो चरणमा तालिम कार्यक्रम कक्षा ९ सञ्चालन भएका ५६ वटा विद्यालयमा चल्नेछन् ।

कार्यक्रम शुभारम्भ कार्यक्रममा, नेपालको शिक्षा प्रणाली र विकास क्रमको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाहले, गुरुकुल र मध्यकालको औपचारिक शिक्षामा व्यवहारिक र व्यावसायिक शिक्षा शिक्षण हुने गरेको जानकारी दिएका थिए  ।

९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ ।

हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । कार्यक्रमको शुरुवात अर्थात् पहिलो बर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ । यसका लागि विद्यालयहरुलाई अनुदान रकम उपलब्ध गराइनेछ ।

तालिम सञ्चालनका लागि शिक्षा अधिकारीको अध्यक्षतामा ‘छोटो अवधिको सीपमूलक तालिम सञ्चालन तथा व्यवस्थापन समिति’ गठन गरिएको छ । २०७९ माघ ९ गते बसेको शिक्षा समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा, शिक्षा सल्लाहकार, सहरी योजना आयोगका सहायक विज्ञ र शिक्षा अधिकृत रहेका छन भने  भने सदस्य सचिवमा सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्येबाट राजेन्द्र अधिकारी हुनुहुन्छ ।तस्विर सौजन्य :मेट्रोन्युज

तपाइँको प्रतिक्रिया ।