बिहानै भूकम्पका दुई ठूला परकम्प
काठमाडौँ, १७ असार । बिहानै काभ्रे र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पका दुई ठूला परकम्प गएका छन् ।
आज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
गत वैशाख १२ गते गएको ७.६ रिक्टरको भूकम्पसँगै हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३३६ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।
ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा यो कम हँुदै गएको केन्द्रको भनाइ छ ।
तपाइँको प्रतिक्रिया ।