अब्बल लयमा जन कल्याण मावी,भर्नाका लागि आएका विद्यार्थी फर्काउनु पर्ने अवस्था

अब्बल लयमा जन कल्याण मावी,भर्नाका लागि आएका विद्यार्थी फर्काउनु पर्ने अवस्था

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १० ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ महाँकालमा रहेको जन कल्याण मावीमा नयाँ विद्यार्थीहरुको आकर्षण निकै बढेको छ। अब्बल शैक्षिक सुधार र पहल गरेको सो विद्यालयले सामुदायिक विद्यालयहरु विचमा पृथक पहिचान बनाएको छ।

विद्यालयमा भएको रचनात्मक र प्रभावकारी पठन पाठन र चुस्त व्यवस्थापनका कारण अब्बल शैक्षिक संस्थाको पहिचान बनाएको सो विद्यालय शैक्षिक शत्र २०८० मा भर्नाका लागी आएका धेरै विद्यार्थीहरुलाई स्थान अभावका कारण फर्काउनु पर्ने अवस्थामा पुगेको सुचना अधिकारी सुरेश कुमार कटवालले बताएका छन।

सबल पूर्वाधार भएपनि शिक्षक दरवन्दीका कारण जनशक्ति पुर्याउन विद्यालयलाई कठिन हुने अवस्था रहेकोले धेरै निजि विद्यालयहरुबाट आएका विद्यार्थीहरुलाई फार्काएको बताउदै कटवालले हाल  प्ले ग्रुप देखि कक्षा १२ सम्म  २ हजार भन्दा बढी  विद्यार्थीहरु अध्ययन गरिरहेको जानकारी दिएका छन।

विसं १९९० भन्दा अगाडी देखिनै शैक्षिक जागरणका लागि विभिन्न रचनात्मक गतिविधि संचालन हुँदै आएको मन्दिरको सत्तलमा स्थापना भएको सो विद्यालय २०५८ सालदेखि प्रवेशिका परिक्षामा सामेल भएको थियो।

बिहानी शत्रमा संचालित उच्च शिक्षा तर्फ शिक्षा ,व्यवस्थापन ,मानविकी र कानुन विषयको पठन पाठन गराउदै आएको जनकल्याण माध्यमिक विद्यालयमा इन्टरनेटको सुविधा सहित ICT हल,गणित प्रयोगशाला, कम्प्युटर प्रयोगशाला सहित विभिन्न सुविधाहरु रहेका छन।

यस विद्यालयमा प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म इन्जिनियरिङको पनि कक्षा संचालन हुदै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।