कृषिमन्त्री पराजुलीद्धारा राजिनामा

असार १७, काठमाडौं ।असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाउनुभएको एमाले स्रोतले जनाएको छ ।

 

resize_image

 

महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराउनुभएको एमालेका एक शीर्ष नेताले जानकारी दिए ।

पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उहाँले राजिनामा दिनुभएको हो । एमालेका शीर्ष नेताले हिजो अपरान्ह छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पुर्‍याएको निष्कर्ष निकालेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।