गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’

गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।
मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा ।।

तिमी छदा मेलापात भारापर्म सबथोक चल्थ्यो,
मुग्लान पस्यौ खेतबारीमै मकैधान छ फर्क युवा ।

जन्ती अनि मलामजाने युवाछैनन् अचेल गाऊमा,
बुढापाका सबमा तिम्रो गुणगान छ फर्क युवा ।

थला पर्यो ढिकीजातो दमका रोगी आमा सगै,
सबका सामू समय नै बलवान छ फर्क युवा ।

चाडवाडमा चहलपहल भट्टिहोटल ऊस्तै हुन्न,
कति पिऊछौ रोजीछाडी तानातान छ फर्क युवा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।