नेसनल युनाइटेड स्कुलमा शिक्षकहरुको कार्यशाला सम्पन्न

नेसनल युनाइटेड स्कुलमा शिक्षकहरुको कार्यशाला सम्पन्न

कपन अनलाइन
काठमाडौं, बैशाख ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलमा  विद्यालयको मानव स्रोत व्यवस्थापन विभागद्वारा आयोजित शिक्षकहरुको तीन दिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशालाकोतेस्रो तथा अन्तिम दिन बैशाख ५ गते मंगलबार शिक्षकहरुले अघिल्ला दुई दिनको कार्यशालामा शैक्षिकसत्र २०८० का लागी आ-आफ्ना विषयमातयार पारेका विविध श‌‍ैक्षणिक योजनाहरु प्रस्तुत गरेका थिए।

lशिक्षकहरुले गर्नु भएको प्रस्तुतीकरणकोकार्यशालाका स्रोत व्यक्तिहरु बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवातथा खेलकुद महाशाखाका स्रोत व्यक्ति रुद्र कार्की,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल तथा विद्यालयका संस्थापक जेबी हमालले अवलोकन गर्नुका साथै आवश्यक पृष्ठपोषण समेत प्रदान गरेका थिए।

विद्यालयले आयोजना गरेको कार्यशालामा शिक्षकहरूको उत्साहजनक रुपमा सहभागिता रहेको थियो l यसरी कार्यशालामा भाग लिएर शिक्षण सिकाईको लागि योजना तयार गर्न पाएकोमा शिक्षकहरूले खुशी व्यक्त गरे lशिक्षकहरुको पेशागत तथा  वृत्ति विकासमा सहयोग पुग्ने यस्ता कार्यशाला, गोष्ठी, तालिम लगाएतका कार्यक्रमहरूमा विद्यालयको मानव स्रोत व्यवस्थापन विभागले आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ।

विद्यालयले नयाँ शैक्षिक सत्र २०८० येही वैशाख ६ गते बुधबारदेखी संचालन हुने जानकारी गराएको छ lविद्यालयकी प्रिन्सिपल शायरा हमालले श्रोत व्यक्तिहरूको पेशागत दक्षता तथा शिक्षकहरूको अथक मिहिनेतले कार्यशाला उत्कृस्ट रुपमा सम्पन्न भएको सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।